१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
टोकियो
२o८१ बैशाख २४ सोमबार o८:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना संक्रमित

Read Time : < 1 मिनेट
टोकियो
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o८:२o:oo

जापानको राजधानी टोकियोमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । सरकारी अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार टोकियोमा एकैदिन तीन हजार एक सय ७७ जना संक्रमित थपिएका छन् । 

टोकियो महानगर सरकारले एकैदिनमा यति धेरै नयाँ संक्रमित थपिएको पहिलोपटक भएको जनाएको छ । विश्वको ध्यान खिचेको ओलम्पिक खेलकुद प्रतियोगिता सुरु भएको केही दिनपछि टोकियोमा संक्रमितहरू एकाएक वृद्धि भएको हो ।

यसअघि मंगलबार दुई हजार आठ सय ४८ जना नयाँ संक्रमित फेला परेको सार्वजनिक गरिएको थियो । अहिले जापानभरमा करिब सात हजार संक्रमित रहेको तथ्यांक छ ।

गत वर्ष सन् २०२० मा हुनुपर्ने ओलम्पिक खेलकुद प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण एक वर्ष पछाडि सरेर अहिले भइरहेको छ । महामारीका बीचमा भइरहेको खेलकुद प्रतियोगिताका कारण टोकियोमा संक्रमण थप फैलिने खतरा देखिँदै गएको छ । 

संक्रमण थप फैलिन नदिने उद्देश्यले टोकियोमा उच्च सतर्कता र उच्च सुरक्षा व्यवस्था गरिए पनि रोकिएको छैन । जापानको केन्द्रीय सरकारले १२ जुलाईदेखि २२ अगस्टसम्मका लागि टोकियोमा चौथो चरणको संकटकाल लागू गरेको छ । 

टोकियोका बार तथा रेस्टुरेन्टहरूमा मादक पदार्थ बिक्री वितरण गर्न प्रतिबन्ध लगाइएको छ भने बेलुका चाँडै नै बन्द गर्नुपर्ने व्यवस्था गरिएको छ । ओलम्पिक खेलकुद प्रतियोगिताका लागि हजारौँ खेलाडी, खेल पदाधिकारी, सञ्चारकर्मी र खेलप्रेमी टोकियोमा भेला भएका छन् ।

ad
ad