१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण १३ बुधबार
  • Wednesday, 03 July, 2024
२o७८ श्रावण १३ बुधबार o८:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

मोटरसाइकल दुर्घटनामा परेर श्रीमान्–श्रीमतीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ श्रावण १३ बुधबार o८:४२:oo

झापाको दमकमा मंगलबार राति भएको मोटरसाइकल दुर्घटनामा परेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ । मृत्यु हुनेमा कन्काई नगरपालिका– ३ का ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत दमक– ४ मा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्करबाट उनीहरूको मृत्यु भएको डिएसपी थापाले जानकारी दिए । ठक्कर दिने ट्रक भागेको र एउटा शंकास्पद ट्रक र चालकलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । । 

ad
ad
ad
ad