१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १८:४३:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले सांसदहरूसँग भीम रावलले भने– सहमति भइसक्यो, केका लागि विवाद गर्ने, लड्न मन लाग्नेलाई पनि गाह्रो छ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १८:४३:oo

एमाले उपाध्यक्ष भीम रावलले पार्टीभित्र सहमति भइसकेको भन्दै विवाद गर्न जरुरी नरहेको बताएका छन् । विघटित कार्यदलमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका संयोजकसमेत रहेका रावलले एमालेका सांसदहरूसँगको छलफलमा आइतबार अब विवाद केका लागि भन्दै प्रश्न गरे । उनले भने, ‘सिद्धान्तमा मतभेद छ भनौँ भने जनताको बहुदलीय जनवादमा कसैले प्रश्न उठाएको देखिँदैन, कार्यक्रममा विवाद छ भनौँ भने समाजवादको प्राप्तिका लागि दलाल पुँजीपतिहरूको विरुद्धमा शंखघोष गर्दै हाम्रो समाजलाई रूपान्तरण गर्ने अठोटमा कसैले सैद्धान्तिक बहस गरेको देखिँदैन, नीतिको कुरा गर्ने हो भने हाम्रो स्वतन्त्र परराष्ट्र नीति, हामी नेपालीको स्वाभिमान, श्रमजीवी जनताको हकअधिकारलाई बलियो बनाउँदै सामाजिक रूपान्तरण गरेर जाने बाटोमा कसैको विवाद देखिँदैन, समावेशी लोकतन्त्र, न्यायिक समानताका लागि लड्ने हाम्रो पार्टीको जुन अठोट हो त्यसमा पनि प्रश्न छैन । त्यसमा प्रश्न छैन भने के भनेर लड्ने ? लड्न मन लाग्नेलाई पनि गाह्रो छ जस्तो लाग्छ मलाई । संगठनात्मक पक्षका लागि लडौँ भने पनि २ जेठ ०७५ मा जाने भनिसकेपछि सकिहाल्यो ।’ 

राष्ट्रका साझा उद्देश्य, पार्टीको साझा उद्देश्य, वर्तमान समस्या र सम्भावित पार्टी विभाजनको खतरालाई टार्न कतिपय बुँदामा चित्त नबुझे पनि सहमति गरेको बताए । सबैले अडान छाडेकै कारण १०बुँदे सहमति सम्भव भएको रावलले बताए । दुवै पक्ष (केपी ओली र माधव नेपाल) एक ठाउँमा आएपछि कमी–कमजोरीलाई पुनः हटाएर अघि बढ्ने पनि उनले बताए ।

रावलले भनेका छन्, ‘पार्टी अध्यक्षले नेतृत्व गरेको ठाउँबाट होस् वा वरिष्ठ नेता कमरेड माधवकुमार नेपालले नेतृत्व गरेको ठाउँबाट होस्, हाम्रा पार्टीका विधानसँग नमिल्ने, हाम्रो पार्टीको एकतासँग नमिल्ने सम्पूर्ण कुरा बदर भएका छन् भनेर हामीले घोषणा गरिसकेका छौँ । योभन्दा ठूलो एकताका लागि के घोषणा हुन सक्छ ?’

छलफलमा विघटित कार्यदल दुबै तर्फका संयोजक र सदस्यहरू पनि सहभागी थिए ।  

ad
ad