Skip This
‘अनुचित सामग्री’का कारण पाकिस्तानमा चौथोपटक टिकटक प्रतिबन्धित
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ श्रावण ६ बुधबार
  • Tuesday, 11 August, 2026
एजेन्सी इस्लामाबाद
२o७८ श्रावण ६ बुधबार १६:५५:oo
Read Time : < 1 मिनेट
विश्व

‘अनुचित सामग्री’का कारण पाकिस्तानमा चौथोपटक टिकटक प्रतिबन्धित

Read Time : < 1 मिनेट
एजेन्सी इस्लामाबाद
नयाँ पत्रिका इस्लामाबाद
२o७८ श्रावण ६ बुधबार १६:५५:oo

भिडियो सेयरिङ एप टिकटकमाथि पाकिस्तानमा पुनः प्रतिबन्ध लगाइएको छ। अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै पाकिस्तानको दूरसञ्चार नियामक निकायले बुधबार चौथोपटक प्रतिबन्ध लगाएको हो।

‘सो प्लेटफममा नियमित रूपमा अनुचित सामग्री प्रसारण भएको र त्यस्ता सामग्री हटाउन असफल भएकाले यस्तो कदम उठाइएको हो,’ एक विज्ञप्ति जारी गर्दै नियामक निकायले बताएको छ।

अनुचित सामग्रीलाई हटाउन नसकेको भन्दै पाकिस्तानमा यसअघि पनि तीनपटक टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो। पाकिस्तानमा टिकटकका लाखौँ प्रयोगकर्ता छन्। तर, यसले नग्नता, एलजिबिटिक्यूजस्ता अनुचित सामग्री नहटाएको भन्दै मुस्लिम राष्ट्रहरूमा निकै विवादास्पद बन्दै गएको छ।