राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले आफ्नो दलले अन्य दलप्रति आग्रह-पूर्वाग्रह नराख्ने बताएका छन् । प्रजातन्त्रमा दलहरू बलियो हुनुपर्छ भन्ने मान्यताअनुरूप राप्रपाले संसदमा विश्वासको मतदान हुँदा तटस्थ रहेको उनले स्पष्ट पारेका छन्।
बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा राख्दै डा. लोहनीले राप्रपा कुनै पनि दलको पुच्छर नहुने बताएका हुन्। कुनै पनि दलप्रति आग्रह–पूर्वाग्रह नराखी गुण र दोषका आधारमा राप्रपाले समर्थन या विरोध गर्ने पनि उनले प्रस्ट पारेका छन् ।
‘राप्रपा प्रजातन्त्रमा दलहरू बलियो हुनुपर्छ भन्ने मान्यता राख्छ । तर, राप्रपा कुनै पनि दलको पुच्छर भएर जाँदैन । यही मान्यताअनुरूप संसदमा विश्वासको मतदान हुँदा राप्रापा तटस्थ रह्यो । कुनै दलप्रति पनि आग्रह या पूर्वाग्रह नराखेर राप्रापाले संसदमा गुण–दोषको आधारमा समर्थन या विरोध गर्नेछ,’ लोहनीले लेखेका छन्।