
पर्सा जिल्ला अदालत बार एसोसिएसनले वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई संघको कार्यकक्षमा सम्मान गरेको छ ।कार्यक्रममा संघका अध्यक्ष सुबोधकुमार गुप्ताले दुई संस्थाबीचको संस्थागत सम्बन्ध सुदृढ हुनुपर्ने बताए ।
उनले सार्वजनिक हितको विषयमा एकजुट भई विधिको शासन कायम गर्नमा सामूहिक सहकार्यको खाँचो रहेकोमा जोड दिएका थिए । बार एसोसिएसनका अध्यक्ष ओमप्रकाश गुप्ताले वीरगन्ज उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई बधाई ज्ञापन गर्दै आपसी सहकार्यबाट सामाजिक, आर्थिकलगायतका विषयमा अघि बढ्नुपर्ने बताए ।