१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ५ मंगलबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका नयाँ दिल्ली
२o७८ श्रावण ५ मंगलबार ११:३५:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा कोरोना संक्रमित घट्दै, सोमबार २९ हजारभन्दा बढी संक्रमित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ दिल्ली
नयाँ पत्रिका
२o७८ श्रावण ५ मंगलबार ११:३५:oo

भारतमा कोरोनाको तेस्रो लहरको आशंकाबीच कोरोना भाइरस संक्रमितको संख्यामा कमी आएको छ । पछिल्लो २४ घन्टामा भारतमा २९ हजार चार सय १३ नयाँ संक्रमित भेटिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो संख्या पछिल्लो एक सय पाँच  दिनयताकै सबैभन्दा कम हो ।

केही दिनयता भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुने र सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । सोमबार पछिल्लो एक सय ११ दिनयताकै कम तीन सय ७२ संक्रमितको मृत्यु भएको जनाइएको छ ।

यस अवधिमा ४५ हजार तीन सय ४५ जना संक्रमणमुक्त भएका छन् भने तीन लाख ९९ हजार नाै सय ९८ सक्रिय संक्रमित रहेका छन् ।
दैनिक भास्करबाट