१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ श्रावण ३ आइतबार
  • Saturday, 06 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ श्रावण ३ आइतबार १६:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले नेता भीम रावलद्वारा सांसद पदबाट राजीनामा (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ श्रावण ३ आइतबार १६:२१:oo

नेकपा (एमाले) उपाध्यक्ष एवं सांसद भीम रावलले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा दिएका छन्। रावल अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। 

आइतबार प्रतिनिधि सभा बैठक बस्नु अघि उनले पदबाट राजीनामा दिएका हुन्। आफू राजनैतिक अनैतिक खेलमा नलाग्ने भन्दै राजीनामा दिएको बताए। 

रावलले भने, ‘म यो राजनैतिक अनैतिक खेलमा लाग्दीन पदबाट राजीनामा दिन्छु।'

प्रधानमन्त्री शेरबहादुर देउवाले आज संसदमा विश्वासको मत लिँदै छन्। माधव नेपाल पक्षले देउवलाई विश्वासको मत  दिने बताएको छ भने एमाले स्थायी कमिटीले विश्वासको मत दिनेहरु पार्टीमा नरहने चेतावनी दिएको छ। रावल नेपाल पक्षका नेता हुन्। 
 
 

ad
ad
ad
ad