१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २८ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २८ सोमबार o९:o९:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड वितरण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २८ सोमबार o९:o९:oo

नेपाल बंगलादेश बैंकले मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ । बैंक, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौ–पक्षीय सम्झौताअनुसार कार्ड वितरण गरिएको हो ।  

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी लगानीको सुरुवात गरिएको बैंकले जनाएको छ । यसबाट पहिलो चरणमा मकवानपुरगढी गाउँपालिका वडा नं ३ का २५ जना कृषकहरू लाभान्वित हुने जनाइएको छ । योजनाअन्तर्गत विनाधितो, एकै प्रकारको व्यवसाय गर्ने र एउटै क्षेत्रका किसानहरूलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गरिनेछ । 

कृषकहरूले कर्जाका साथै त्यति नै सीमाबराबरको क्युआर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्ने बैंकले जनाएको छ । उक्त कार्डबाट कृषकहरूले सामान खरिद गर्दा कार्डको क्युआर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।

नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने नेपाल राष्ट्र बैंकको नीतिलाई सफल बनाउने उद्देश्यसहित सीमान्तकृत ग्रामीण भेगका कृषकहरूलाई पनि समेटेर यो योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टका रूपमा मकवानपुरगढी गाउँपालिकाबाट सुरु गरी नेपालभरि नै यस किसिमको कर्जा विस्तारित गर्दै ग्रामीण भेगका कृषकहरूलाई विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्नुका साथै कृषकहरूको जीवनस्तर उकास्न सहयोग गर्ने जनाएको छ ।