१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २७ आइतबार
  • Monday, 01 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २७ आइतबार १५:१९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

छाउनी अस्पतालमा हेमोडायलाइसिस युनिट सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २७ आइतबार १५:१९:oo

छाउनीस्थित वीरेन्द्र अस्पतालमा मिर्गौलासम्बन्धी हेमोडायलाइसिस युनिट सुरु भएको छ । नेपाली सेना र काठमाडौं महानगरपालिकाबीच २ पुस ०७६ मा हेमोडायलाइसिस सेवा उपलब्ध गराउनेबारे समझदारीपत्रमा हस्ताक्षर भएको थियो । प्रधानसेनापति पूर्णचन्द्र थापा र काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले हेमोडायलाइसिस युनिटको आइतबार उद्घाटन गरे । 

महानगरपालिकाबाट प्राप्त तीन करोड रुपैयाँबाट हेमोडायलाइसिसका लागि आवश्यक भौतिक पूर्वाधार, हेमोडायलाइसिस मेसिन आठवटा, रिप्रोसेसिङ मेसिन एउटा, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरण जडान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

युनिट सञ्चालनका लागि आवश्यक डाक्टर, नर्स, सफाइकर्मीसहित सातजना जनशक्ति पनि महानगरपालिकाले नै उपलब्ध गराउनेछ । ‘उक्त युनिटमा महानगरपालिकाबाट सिफारिस भएका महानगरका मिर्गौलाका सेरो नेगेटिभ बिरामीलाई निःशुल्क दुई सिफ्टमा सेवा प्रदान गर्ने योजनाअनुसार आठवटा हेमोडायलाइसिस मेसिनबाट ४८ जना बिरामीलाई साताको दुईपटक सेवा प्रदान गर्न सक्ने क्षमता रहेको छ,’ जंगी अड्डाद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ ।

उक्त कार्यक्रममा बलाधिकृत रथी प्रभुराम शर्मा, नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरू, काठमाडौं महानगरपालिकाका उपमेयर तथा अन्य पदाधिकारीहरूलगायत विभिन्न मिडियाका सञ्चारकर्मीको समेत उपस्थिति रहेको थियो ।

ad
ad
ad
ad