मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ असार २७ आइतबार ०८:५४:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकद्वारा सिर्जना फाइनान्सलाई गाभेर कारोबार सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ असार २७ आइतबार ०८:५४:००

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गरी एकीकृत कारोबार सुरु गरेको छ । सिर्जना फाइनान्स नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतप्राप्त विराटनगरमा प्रधान कार्यालय रहेको वित्तीय संस्था हो । 

बैंकका अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबार सुरु गर्दै सिर्जना फाइनान्स प्राप्तिपश्चात् बैंकको वित्तीय सूचकांकहरू मानवस्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने कुरा बताए । मर्जर र प्राप्तिबाट संख्या घटाउने नेपाल राष्ट्र बैंकको नीतिलाई सहयोग पुग्ने र यस किसिमको प्राप्तिले देशको बैंकिङ तथा वित्तीय प्रणालीलाई सुशासित, सुरक्षित, स्वस्थ, कुशल तथा सक्षम बनाई वित्तीय क्षेत्रको स्थायित्व कायम गर्न मद्दत पुग्ने उनको भनाइ छ । 

कार्यक्रममा सिटिजन्स बैंकका सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रबलजंग पाण्डेले प्राप्तिपश्चात् बैंकको प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि हुने, बैंकको वित्तीय, मानव संसाधनका साथै प्राविधिक एवं अन्य क्षमताको अभिवृद्धि हुने बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मर्जरपश्चात् कर्मचारीको उचित व्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरू सञ्चालन गर्ने बताए । 

०७८ साल असार २५ गतेसम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई समेत प्राप्ति गरेपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको जनाइएको छ । त्यस्तै, ऋण लगानी करिब १ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । प्राप्तिपश्चात् बैंकका कुल शाखा १ सय ८९ र ग्राहक संख्या करिब १२ लाख पुगेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंकको प्रदेश नं १ मा १३ शाखा रहेकोमा सिर्जना फाइनान्स प्राप्तिपश्चात् २७ शाखा पुगेको जनाइएको छ । त्यस्तै, प्रदेश नं २ मा २० शाखा रहेकोमा प्राप्तिपश्चात् २७ शाखा पुगेको छ । बैंकले प्राप्ति गरेपछि फाइनान्सका सेयरधनीले १ सय कित्ता सेयरबराबर बैंकको ९५ कित्ता सेयर प्राप्त गरेको बैंकले जनाएको छ । बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पुँजी १२ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।