१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २६ शनिबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २६ शनिबार २o:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

कांग्रेसमा ६४ जिल्लाको क्रियाशील सदस्य छानबिन सकियो, सहमतिबाटै अघि बढ्न पौडेलको निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २६ शनिबार २o:o९:oo

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यको छानबिन प्रगतिबारे जानकारी लिएका छन् । उनले छानबिन समितिलाई सहमतिबाटै सम्पूर्ण विवाद टुंगोमा पुर्‍याउनसमेत निर्देशन गरेका छन् । 

केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको छानबिन समितिले गौशालास्थित धर्मशालामा बसेर क्रियाशील सदस्यताको छानबिन गरिरहेको छ । समितिले अहिलेसम्म ६४ जिल्लाको सदस्यता छानबिन गरी अन्तिम सूची तयार गरिसकेको छ । 

पौडेलले शनिबार धर्मशालामै पुगेर अवलोकनपछि छानबिन समितिले गरेको कार्यको उच्च प्रशंसा गर्दै सर्वसहमतिबाट विवादलाई निरूपण गर्न निर्देशनसमेत गरेका हुन् । त्यसक्रममा उनले रातदिन खटेर काम गर्ने केन्द्रीय सदस्यहरू र कर्मचारीहरूलाई धन्यवादसमेत ज्ञापन गरेका छन् ।

‘तपाईंहरूको कामबाट म प्रभावित भएको छु । मलाई विश्वास छ, तपाईंहरूले समयमै छानबिनको कामलाई टुंगोमा पुर्‍याउनुहुनेछ,’ पौडेलले भनेका थिए । 
सो क्रममा पौडेललाई छानबिन समितिका संयोजक लेखकले क्रियाशील छानबिनका क्रममा अहिलेसम्मका प्रगतिबारे जानकारी गराएका थिए । लेखकले अहिलेसम्म ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको र ५७ जिल्लाको नामावली छाप्ने कामसमेत सकिएको जानकारी दिए । १४औँ महाधिवेशनका लागि ७७ वटै जिल्लाबाट पुराना सदस्यको नवीकरण र नयाँ सदस्यता वितरण गरी साढे आठ लाखभन्दा धेरै सदस्यको नामावली केन्द्रीय कार्यालयमा सूचीकरण भएको छ । 

तीमध्ये करिब तीन सय वडामा अझै पनि विवाद छ । ती विवादको समाधान गरी छानबिन समितिले ३० असारभित्र क्रियाशील सदस्यको नामावली सभापति शेरबहादुर देउवासमक्ष बुझाइसक्नुपर्ने कार्यतालिका छ । 

धर्मशालाबाट बाहिरिने क्रममा पौडेलले छानबिन समितिले समयमै काम पूरा गरी महाधिवेशनका लागि सहज बनाउनेबारेमा आफूलाई विश्वास रहेको बताएका थिए । 

क्रियाशील सदस्य कांग्रेसका तल्लो तहबाट नेतृत्व चयनका मतदाता हुन् । क्रियाशीलको टुंगो नलागेसम्म महाधिवेशन हुने वा नहुने भन्ने नै यकिन गर्न नसकिने नेताहरूले बताइरहेका छन् । 

कांग्रेसको वडा तहको अधिवेशन १२ साउनमा हुँदै छ । त्यसपछि क्रमशः स्थानीय तह, प्रदेश सभा निर्वाचन क्षेत्रीय, प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय, जिल्ला र प्रदेश हुँदै केन्द्रीय महाधिवेशनको कार्यतालिका छ । केन्द्रीय महाधिवेशन भदौको १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका छ ।
 

ad
ad
ad
ad