१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २४ बिहीबार
  • Wednesday, 03 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २४ बिहीबार १६:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

फास्टफुड व्यवसाय सञ्चालन गर्न दिन व्यवसायीको माग, सम्बोधन नभए खाली थाल सडकमा निस्कने चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २४ बिहीबार १६:२४:oo

फास्टफुड एसोसिएसन नेपालले फास्टफुड व्यवसाय सञ्चालन गर्न दिन माग गरेको छ । एसोसिएसनका पदाधिकारीले काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापनपत्र बुझाउँदै स्वास्थ्य मापदण्ड पालना गरी पूर्ण रूपमा बिहान ९ बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्न दिन माग गरेका हुन् । राज्यले अन्यायपूर्ण व्यवहार गरेको भन्दै फास्टफुड व्यवसायीले विभेदपूर्ण निर्णय स्वीकार नगर्ने चेतावनीसमेत दिएका छन् । 

घरभाडा, बैंक र सहकारीको ब्याज तिर्न समस्या भएको र हजारौँ मजदुर बेरोजगार बनेको भन्दै एसोसिएसनले राज्यले सहजीकरण नगरे सम्पूर्ण व्यवसायी र मजदुरको जिम्मा लिनुपर्ने बताएको छ । अन्यायपूर्ण निर्णयमा पुनर्विचार नगरे व्यवसायको तालासाँचो सरकारलाई बुझाउँदै सम्पूर्ण मजदुरसहित खाली थाल सडकमा निस्कनुको विकल्प नभएको चेतावनी पनि एसोसिएसनले दिएको छ । 

प्रशासनले छिट्टै फास्टफुड व्यवसाय सञ्चालनको वातावरण बनाउने आश्वासन दिएको एसोसिएसनका केन्द्रीय सदस्य राकेश श्रेष्ठले जानकारी दिए ।

ad
ad
ad
ad