१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २३ बुधबार
  • Monday, 01 July, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २३ बुधबार २२:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीचको वार्ता निष्कर्षविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २३ बुधबार २२:o१:oo

एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको वार्ता निष्कर्षविहीन भएको छ । नक्सालस्थित एक होटेलमा बुधबार अबेर भएको वार्ता निष्कर्षविहीन भएको हो । 

कार्यदलस्तरमा छलफल सकारात्मक भएपछि ओली र नेपालबीच वार्ताको वातावरण बनेकोे थियो । वार्तास्थलबाट बाहिरिने क्रममा ओली र नेपालले प्रतिक्रिया दिएनन् । 

उपाध्यक्ष भीम रावलले शीर्ष नेताहरूबीच कुराकानी भएको बताए । समस्या समाधानका लागि पुनः कुराकानी हुने उनले जानकारी दिए । नेपाल पक्षबाट कार्यदल संयोजक रहेका रावलले कार्यदलमा पनि छलफल जारी रहेको जानकारी दिए । 

वार्तास्थलमा दुवै पक्षका दोस्रो तहका नेताहरू पुगे पनि ओली र नेपालबीच एक्लाएक्लै वार्ता भएको नेता सुरेन्द्र पाण्डेले जानकारी दिए । कार्यदल सदस्यसमेत रहेका पाण्डेले बिहीबार कार्यदलमा थप छलफल हुने जानकारी दिए ।
 

ad
ad
ad
ad