Skip This
मंगलबारबाट उपत्यकामा सबै सवारीसाधन सञ्चालनमा
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २२ मंगलबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ असार २२ मंगलबार १३:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मंगलबारबाट उपत्यकामा सबै सवारीसाधन सञ्चालनमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ असार २२ मंगलबार १३:४२:oo

काठमाडौं उपत्यकामा मंगलबारदेखि सबै प्रकारका सार्वजनिक यातायात सञ्चालनमा आएका छन् ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकाका तीन जिल्लामा लागू हुने गरी सवारीसाधनमा लगाउँदै आएको जोर–बिजोर प्रणाली हटाउनुको साथै २५ सिट क्षमताभन्दा कमका सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिएपछि मंगलबारदेखि सबै किसिमका सार्वजनिक सवारीसाधन सञ्चालनमा आएका हुन् ।

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु राख्न पाउने छैनन् । कुल स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, यात्रुहरूले अनिवार्य मास्क लगाउनुपर्ने, चालक र सहचालकले अनिवार्य मास्क, भाइजर र पन्जा लगाउनुपर्ने, सवारीसाधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने  र सवारीसाधनलाई अनिवार्य रूपमा दैनिक निसंक्रमित गर्नुपर्ने सर्तसहित जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सवारीसाधनको जोर–बिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी सञ्चालनको अनुमति दिएको हो । तर, उपत्यकाबाट लामो दूरीमा सञ्चालन हुने सवारीसाधन अझै सञ्चालन अनुमति दिइएको छैन ।

जिल्ला प्रशासन कार्यालयले २५ सिटभन्दा माथिका सवारीसाधनलाई मात्रै सञ्चालन अनुमति दिएपछि त्यसभन्दा कम सिट हुने ट्याम्पो, माइक्रोबस व्यवसायी तथा तिनमा कार्यरत मजदुर संगठनहरूले विरोध गर्दै आएका थिए । व्यवसायी र मजदुर संगठनको दबाबपछि प्रशासनले मातहतका निकायमा परामर्श गरी स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालनको अनुमति दिएको हो ।

अत्यावश्यक कामविशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनहरूको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिएर मात्रै प्रवेश गर्न पाइनेछ ।