१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २० आइतबार
  • Saturday, 06 July, 2024
२o७८ असार २० आइतबार २o:२o:oo
Read Time : > 2 मिनेट
ad
ad
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वनिर्धारित परीक्षा सर्तसहित सञ्चालन गर्न अनुमति

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७८ असार २० आइतबार २o:२o:oo

स्वास्थ्य मापदण्ड पूरा गरी शैक्षिक संस्थाहरूले पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्न अनुमति पाएका छन् । काठमाडौं उपत्यकाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सर्तसहित लिखित र प्रयोगात्मक परीक्षा सञ्चालनका लागि अनुमति दिएको हो । 

जिल्ला प्रशासन कार्यालयकी सहायक प्रमुख तथा सूचना अधिकारी कल्पना घिमिरे नेपालले सर्त राखेर स्वास्थ्य मापदण्ड अनुशरण गर्ने गरी परीक्षा सञ्चालनका अनुमति दिएको बताइन् । 

यस्ता छन् सर्त
–परीक्षा सञ्चालन हुने कुनै एक स्थान हल तथा कोठाको आकारअनुसार २५ जनाभन्दा बढी मानिसहरू भेला नहुने गरी परीक्षा सञ्चालन गर्ने । 

–    एकै दिनमा २५ जनाभन्दा बढी मानिस जम्मा हुने अवस्था भएमा सिफ्टवाइज परीक्षा सञ्चालन गरी परीक्षार्थी हलमा प्रवेश गर्नुपूर्व र परीक्षा सकिएपछि सरकारले तोकेको मापदण्डबमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउने ।

–    एउटा सिफ्टका सबै व्यक्तिहरू परीक्षा स्थलबाट पूर्ण रूपमा बाहिरिएपछि मात्र अर्को सिफ्टसँग सम्बन्धित व्यक्तिहरू प्रवेश गर्न मिल्ने गरी फरक समय राख्ने ।

–    परीक्षा सञ्चालनका क्रममा जनस्वास्थ्यका मापदण्डहरूको अनिवार्य पालना गरी मास्क तथा स्यानिटाइजरको उचित प्रयोग गर्नुका साथै प्रत्येक सिफ्टमा परीक्षा हल अनिवार्य रूपमा निसंक्रमित गर्ने ।

त्रिवि स्नातक तहका परीक्षा भौतिक रूपमा सञ्चालन हुने
त्रिभुवन विश्वविद्यालयले भौतिक रूपमै परीक्षा सञ्चालनको तयारी गरेको छ । धेरै विद्यार्थी संख्या रहेको तीन र चारवर्षे बिएस्सी, बिबिएस, बिएड र बिए प्रथम वर्षको परीक्षा ११ साउनदेखि लिने तालिका सार्वजनिक गरेको छ । त्यसैगरी कोभिडका कारण गत १३ वैशाखपछि स्थगित भएका परीक्षा आगामी ५ साउनदेखि सञ्चालन हुने तालिका सार्वजनिक गरेको छ । फारम भरेको झन्डै दुई वर्षसम्म पनि प्रथम वर्षको परीक्षा दिन नपाएका साढे दुई लाख विद्यार्थी छन् ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले जुनसुकै अवस्थामा र जुनसुकै विधिबाट भए पनि साउनमा परीक्षा लिने गरी तयारी भइरहेको बताए । ५० प्रतिशत विद्यार्थीले अनलाइन फारम भर्न नसकेको र परीक्षा पनि दिन नसक्ने जानकारी आएकाले विद्यार्थी रहेकै जिल्लामा परीक्षा दिन पाउने गरी भौतिक रूपमा परीक्षा लिने तयारी भएको बताए । 

स्नातक दोस्रो वर्षको परीक्षाको भइरहेको अवस्थामा कोभिड संक्रमण पढेपछि परीक्षा स्थगित भएको थियो । दोस्रो वर्षका बाँकी विषयको परीक्षा प्रथम वर्षको भन्दा पहिले नै ५ साउनबाट सुरु गर्ने त्रिविको तयारी छ । एउटै तहको एउटै वर्षमा पनि संकायअनुसारको अवस्था फरक छ । स्नातक तहमा व्यवस्थापन संकायको दोस्रो वर्षको परीक्षा सकिएको छ भने अन्य संकायका केही विषय बाँकी छन् । मानविकी तथा सामाजिकशास्त्र संकायका २७ विषयमध्ये चार विषयको परीक्षा बाँकी छ । त्यसैगरी, विज्ञानका तीन र शिक्षाशास्त्रका नियमिततर्फ एक तथा मौकातर्फका तीन विषय बाँकी छन् । अधिकांश विद्यार्थीका एक–एक विषय मात्र परीक्षा दिन बाँकी छ । सेमेस्टरतर्फका पनि परीक्षाको तयारी भएर स्थगित भएका छन् ।

त्रिविले १७ वैशाखदेखि स्नातकोत्तर तह तेस्रो सेमेस्टरका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, सिसिएमसीको १२ वैशाखको निर्णयअनुसार परीक्षा स्थगित भएका थिए । कोरोना भाइरस तीव्र रूपमा फैलिएपछि कोभिड– १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी)ले सञ्चालन भइरहेका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । 

कक्षा १२ को परीक्षा पनि भौतिक रूपमै गर्ने प्रस्ताव, शिक्षा मन्त्रालयबाट निर्णयको पर्खाइमा
कोभिड– १९ का कारण स्थगित भएको कक्षा १२ को परीक्षा सञ्चालनका लागि राष्ट्रिय परीक्षा बोर्डले शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले झन्डै साढे चार लाख विद्यार्थी रहेको परीक्षा ‘फेस टु फेस’ गर्नुको विकल्प नरहेको बताए । 

अध्यक्ष पौडेलले भने, ‘बोर्डले परीक्षाको अनुमतिका लागि शिक्षा मन्त्रालय पठाएका छौँ, निर्णय आएपछि तालिका निकाल्छौँ ।’ कक्षा १२ को परीक्षा गत २६ जेठबाट सञ्चालन गर्ने निर्धारण भए पनि कोभिडका कारण स्थगित भएको थियो । त्यसैगरी एसइईको विद्यालयले आन्तरिक मूल्यांकन गरेका छन् ।

ad
ad
ad
ad