महोत्तरीको बलवा नगरपालिका– १ बंचौरी र तिलगढको बीचमा पर्ने रातो नदीको तटबन्ध टुट्न थालेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धारका लागि पुगेको छ ।
तटबन्धको अधिकांश भाग पानीको बहाबले टुटिसकेको अवस्था भएकोमा सुरक्षा टिमले प्राविधिकहरूसँग सल्लाह लिइरहेको छ ।
यता महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले तत्काल प्लास्टिकको बोरामा माटो हालेर कटान रोक्न प्रयास भइरहेको बताए ।