संसद् विघटनविरुद्ध पाँच विद्यार्थी संगठनले देशैभर विरोध प्रदर्शन गरेका छन् । उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरसहित ७७ वटै जिल्लाका पाँच विद्यार्थी संगठनका जिल्ला नेतृत्वको अगुवाइमा विरोध प्रदर्शन भएको छ ।
नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), सुदेश पराजुली नेतृत्वको अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ)ले संयुक्त रूपमा प्रदर्शन गरेका हुन् । प्रतिगमनको नेतृत्व गर्ने प्रधानमन्त्री केपी ओलीको पुत्लादहनसहित विरोध प्रदर्शन गरिएको नेविसंघका महामन्त्री मनोज वैद्यले जानकारी दिए ।
बानेश्वरमा गरिएको प्रदर्शनको फोटोफिचर