१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १५ मंगलबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार १५ मंगलबार २o:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिडविरुद्धको लडाइँमा नेपाललाई पाकिस्तानी सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार १५ मंगलबार २o:२४:oo

पाकिस्तान सरकारले कोभिड– १९ महामारीविरुद्धको लडाइँमा नेपाललाई चार करोड ३० लाख रुपैयाँ सहयोग गरेको छ । नेपालका लागि पाकिस्तानी राजदूत सैयदहैदर शाहले सिंहदरबारमा मंगलबार प्रधानमन्त्री कार्यालयका सचिव डा. खगराज बराललाई चेक हस्तान्तरण गरेका छन् । 

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य मुलुक पाकिस्तानले सार्क मुलुकहरूका लागि छुट्याएको कोभिड– १९ आपतकालीन कोषबाट नेपाललाई सहयोग गरेको हो । पाकिस्तानी राजदूत शाहले नेपाललाई निरन्तर सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएका छन् । 

प्रधानमन्त्री कार्यालयका सचिव डा. बरालले आपतको समयमा सहयोग गरेकोमा पाकिस्तान सरकारलाई धन्यवाद दिएका छन् । पाकिस्तानी राजदूत र सचिव डा. बरालबीचको भेटवार्तामा परराष्ट्र मन्त्रालय तथा पाकिस्तानी दूतावासका अधिकारीहरू सहभागी थिए ।