१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार १५:५५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

बेपत्ता महिलाको हत्या भएको आशंका, खाल्डोमा कपाल भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार १५:५५:oo

महोत्तरीमा गत १९ जेठदेखि बेपत्ता भएकी एक महिलाको हत्या भएको आशंकामा प्रहरीले खोजी थालेको छ । बेपत्ता महिलाको माइती पक्षले छोरीको हत्या गरिएको र खेतमा शव गाडेको दाबी गरेपछि प्रहरीले खोजी थालेको हो । 

लोहारपट्टी नगरपालिका– ७ घर भएका मुकेश ठाकुरकी श्रीमती सुजितादेवी ठाकुर १९ जेठदेखि बेपत्ता छिन् । माइती पक्षले दाबी गरेको स्थानमा कपाल भेटिएको छ । मुकेशकै खेतमा चार फिट खन्दा कपाल भेटिएको प्रहरीले बताएको छ । 

प्रहरीले उक्त स्थानमा घेराबार लगाएको छ । महोत्तरीका एसपी दिनेश आचार्यले आफूहरूले अनुसन्धान गरिरहेको भन्दै तत्काल केही भन्न नसकिने बताए । सोही खाल्डोमा शव हुने आशंकामा प्रहरीको अनुसन्धान टोलीसमेत घटनास्थल पुगिसकेको छ ।

पीडित पक्षले गत साता बेपत्ता महिलाको ससुरा ५० वर्षीय पतिराम ठाकुर, देवर २६ वर्षीय रूपेश ठाकुर र देउरानी २५ वर्षीया रोमी ठाकुरविरुद्ध प्रहरीमा किटानी जाहेरी दिन खोजेकोमा तत्काल प्रहरीले उक्त जाहेरी लिन इन्कार गरेको थियो । त्यसपछि खोजतलासका लागि पीडित परिवारले निवेदन दिएका थिए ।

ad
ad