मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार १३ आइतबार
  • Wednesday, 18 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ असार १३ आइतबार १४:o४:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेले बोलायो १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार १३ आइतबार १४:o४:oo

सत्तारुढ एमालेले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको स्थायी कमिटी बैठकले १६ असारमा पार्टीको १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । 

राष्ट्रिय राजनीतिको सम्बन्धमा केही निर्णयहरू गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउनुपरेको उनले बताए । उनले भने, ‘पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारीको अवस्था, प्राकृतिक विपत्तिहरू र राष्ट्रिय राजनीतिका विभिन्न आयामहरूको संक्षिप्त, तर गहन छलफल गरेका छौँ । यो विषयमा थप केही निर्णय गर्नु आवश्यक भएको, अझ फराकिलो र उच्च तहबाट छलफल गरेर केही निर्णय निकाल्नुपर्ने भएको हुनाले १०औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे काठमाडौंमा बस्ने गरी बैठक आह्वान गर्ने निर्णय बैठकले गरेको छ ।’

ज्ञवालीले बैठकले पार्टी सदस्यता नवीकरणको कामलाई तीव्रता दिन मातहतका कमिटीलाई निर्देशन दिएको पनि बताए । उनले एमालेलाई एकताबद्ध बनाउन हरसम्भव प्रयास गरिरहेको पनि बताए । 

एमाले एकताबद्ध भइरहेमा मात्रै कम्युनिस्ट आन्दोलन, संविधान र राष्ट्रिय एकताको रक्षा गर्न सकिने भन्दै उनले आफूहरू एकताको पक्षमा रहेको बताए । उनले भने, ‘नेकपा एमालेको एकतालाई अक्षुण्ण कायम राखेर, सुदृढ गरेर मात्रै लोकतन्त्रको रक्षा गर्न सकिन्छ । कम्युनिस्ट आन्दोलनको रक्षा गर्न सकिन्छ । वर्तमान संविधानको रक्षा गर्न सकिन्छ । राष्ट्रिय एकता र राष्ट्रियताको पनि रक्षा गर्न सकिन्छ । एमाले कमजोर हुँदाखेरि यी सबै पक्षहरू अप्ठ्यारोमा पर्छन्, संकटमा पर्छन् भन्ने निष्कर्षका साथ हामी त्यसका लागि हरसम्भव प्रयत्न गरिरहेका छौँ ।’

ज्ञवालीले आफूहरू एकताको पक्षमा रहे पनि माधव नेपाल पक्षधर पार्टीलाई विभाजित गर्ने र प्रधानमन्त्री ओली नेतृत्वको सरकार गिराउन लागेको बताए । माधव पक्ष एकताको पक्षमा नरहेको जिकिर उनले गरे ।