१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
पोर्चुगलको खेल छुटाएको छैन अभिषेक रिजाल, नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

पोर्चुगलको खेल छुटाएको छैन : अभिषेक रिजाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:५३:oo

नेपाली खेलाडीको नजरमा युरोकप

अहिले हाम्रो पनि राष्ट्रिय टोलीको क्याम्प सुरु भएको छ । त्यसैले पनि सबै खेल हेर्न मिलेको छैन । तर, पोर्चुगलको खेल भने छुटाएको छैन । पोर्चुगल र क्रिस्टियानो रोनाल्डोको समर्थक हुँ । त्यस कारण पनि उसको खेल छुटाएको छैन ।

गए राति १२:४५ मा सुरु भएको फ्रान्ससँग खेल पनि हेरेँ । जारी प्रतियोगितामा पोर्चुगलले खेलेकोमध्ये फ्रान्ससँगको खेल उत्कृष्ट लाग्यो । जर्मनीसँगको खेलमा पोर्चुगलका मिडफिल्डरले कमजोरी गरेका थिए । त्यसैले उनीहरूले ४–२ को पराजय व्यहोर्नुपरेको थियो । जर्मनीजस्तो मिडफिल्डमा सशक्त रहेको टोलीविरुद्ध आफ्ना मिडफिल्डरले कमजोर प्रदर्शन गर्दा पोर्चुगल पराजित हुन पुगेको थियो । 

पोर्चुगलले त्यसबाट पाठ सिकेर फ्रान्सविरुद्ध आफ्नो मिडफिल्डर परिवर्तन गर्‍यो । ती मिडफिल्डरले उत्कृष्ट प्रदर्शन गरेपछि पोर्चुगलले फ्रान्सविरद्ध उत्कृष्ट प्रदर्शन ग¥यो । मलाई विश्वास छ कि पोर्चुगलले प्रतियोगिताको आगामी खेलमा पनि यस्तै राम्रो प्रदर्शन गर्नेछ । 

पोर्चुगलले अब प्रिक्वार्टरफाइनलमा चरणमा बेल्जियमसँग प्रतिस्पर्धा गर्दै छ । पोर्चुगलले यो खेल जित्नुपर्दछ । ऊसँग त्यो क्षमता पनि छ । पोर्चुगल उपाधिकै दाबेदार टोली हो । उसलाई सेमिफाइनल चरणसम्म खासै समस्या देखेको छैन । त्यसभन्दा अगाडि पनि पोर्चुगलले राम्रो गर्नेछ । 

यदि पोर्चुगल असफल भएको अवस्थामा फ्रान्स वा इटालीमध्ये एक टोलीले उपाधि जित्नेछ । अहिलेसम्म उनीहरू नै बलिया देखिएका छन् । नतिजा जस्तो भए पनि मेरो समर्थन पोर्चुगललाई नै रहनेछ । जबदेखि रोनाल्डोबारे थाहा पाएँ, त्यसदेखि नै उनको समर्थक बनेको हुँ । उनकै कारण पोर्चुगल मन परेको हो । पछिल्लो समय टोलीमा अरू राम्रा खेलाडी पनि आएका छन् । त्यसले गर्दा पोर्चुगिज थप सशक्त देखिएको छ । पोर्चुगललाई नकआउट चरणका लागि शुभकामना ।

ad
ad