१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ५ शनिबार
  • Saturday, 18 May, 2024
२o८१ जेठ ५ शनिबार २o:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारविरुद्ध पाँच विद्यार्थी संगठनको प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ५ शनिबार २o:४७:oo

विपक्षी गठबन्धनका विद्यार्थी संगठनले संसद् पुनस्र्थापना र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् । बिहीबार विपक्षी गठबन्धनका भ्रातृ विद्यार्थी संगठनहरू नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौँले विघटित प्रतिनिधिसभाको पुनस्र्थापना, प्रधानमन्त्री केपी ओलीको राजीनामा र पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनीमार्गमा जम्मा भएर प्रदर्शनमा उत्रिएका विद्यार्थीले सरकारका विरुद्धमा नाराबाजी गरेका थिए । माग पूरा नहुञ्जेलसम्म आन्दोलनका अन्य कार्यक्रम पनि घोषणा गर्ने विद्यार्थी संगठनहरूले जनाएका छन् ।


 

ad
ad