राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपरिषद् सदस्यमा रामप्रसाद भण्डारीलाई नियुक्त गरेकी छिन् ।
नेपालको संविधानको धारा १५३ को उपधारा (१) को खण्ड (घ) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा रामेछापका वरिष्ठ अधिवक्ता भण्डारीलाई न्यायपरिषद् सदस्यमा बिहीबार नियुक्त गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति निकालेर जानकारी दिएका छन् ।