१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार ९ बुधबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असार ९ बुधबार १८:५१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा थप ८१ जना कोरोना संक्रमितको मृत्यु, २४२१ संक्रमित थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार ९ बुधबार १८:५१:oo

नेपालमा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म देशभर मृत्यु हुने संक्रमितका संख्या आठ हजार आठ सय ९४ पुगेको छ । 

पछिल्लो २४ घन्टामा दुई हजार चार सय २१ जना संक्रमित थपिएका छन् । पछिल्लोपटक १२ हजार चार सय १४ जनाको कोरोना परीक्षण भएको मन्त्रालयले जनाएको छ । 

यो अवधिमा तीन हजार पाँच सय ५८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म पाँच लाख ६८ हजार चार सय ४० जना कोरोनामुक्त भएका छन् । नेपालमा निको हुने दर ९०.५ प्रतिशत रहेको छ ।