Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
चामेमा मर्स्याङ्दी नदी ताल बन्दा जोखिममा परेको माथिल्लो मनाङ जाने बेलिब्रिज । तस्बिर सौजन्यः सशस्त्र प्रहरी बल मनाङका डिएसपी होमनाथ पन्थी 
२०७८ असार ६ आइतबार ०५:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मर्स्याङ्दी नदी  मनाङमा आधा घन्टा थुनियो,  तटीय क्षेत्रमा जोखिम

Read Time : < 1 मिनेट
२०७८ असार ६ आइतबार ०५:४४:००

मनाङको हुम्देमा पहिरो गएपछि शनिबार केहीबेर मर्स्याङ्दी नदी थुनिएको छ । निरन्तरको वर्षासँगै आएको बाढीले मनाङको डिस्याङ गाउँपालिकास्थित हुम्देमा पहिरो गएपछि शनिबार दिउँसो मर्स्याङ्दी नदी थुनिएको थियो ।

मनाङ र लमजुङका जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेका छन् । शनिबार दिउँसो हुम्दे विमानस्थलको उत्तरी छेउदेखि डेढ सय मिटरमाथि रहेको थुम्का खसेर आधा घन्टा मर्स्याङ्दी थुनिएको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए । उनले मर्स्याङ्दी थुनिएर बगेपछि मनाङको तल्लो क्षेत्र र लमजुङको मर्स्याङ्दी किनारनजिकै रहेका बस्तीलाई सचेत रहन आग्रह गरिएको बताए । 

‘नदी थुनिएर खोलिँदै गई बाहव बढेकाले जुनसुकै वेला बाढी आउन सक्ने देखिएकोले तटीय क्षेत्रका सर्वसाधारणलाई सचेत रहन आग्रह गरिएको हो,’ प्रजिअ लामिछानेले भने । मर्स्याङ्दी नदीको माथिल्लो क्षेत्रमा हुने भारी वर्षाको कारण बाढी आउने, पहिरोले ढुंगामाटो तथा रूखहरूले नदी थुनिने, ताल बन्ने र खोलिने क्रम केही दिन जारी रहन सक्ने भन्दै सम्भावित जोखिमबाट बच्न लमजुङ प्रशासनले पनि सूचना निकालेर सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ ।