मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ३ शुक्रबार ११:२१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मुक्तिनाथ विकास बैंकले गर्‍यो १८.२०% लाभांश घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार ११:२१:oo

मुक्तिनाथ विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको सञ्चित नाफाबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई कुल १८.२० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

जसमा चुक्ता पुँजी सात अर्ब चार करोड र ६९ लाख ३८ हजार ४९ रुपैयाँको १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ । 

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुने बैंकले जनाएको छ ।