मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गणेश लम्साल विराटनगर
२०७८ असार २ बुधबार १५:५७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रदेश १ का आर्थिक मामिलामन्त्रीको दाबी– बजेट यथार्थपरक छ, सहजै कार्यान्वयन हुन्छ 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७८ असार २ बुधबार १५:५७:००

प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री टंंक आङबुहाङले आगामी वर्षका लागि प्रस्तुत भएको बजेट यथार्थपरक रहेकाले सहजै कार्यान्वयन हुने दाबी गरेका छन् । चालू आर्थिक वर्षको जस्तो महत्वाकांक्षी नभएर स्रोत सुनिश्चितताका आधारमा बजेट आएकाले सहजै कार्यान्वयन हुने उनको जिकिर छ । 

आगामी आर्थिक वर्षको बजेट ल्याएको भोलिपल्ट बुधबार मन्त्रालयमा पत्रकारहरूसँग छलफल गर्दै आङबुहाङले बजेट कार्यान्वयन गराउन सबै मन्त्रालयमा जिम्मेवारीअनुसार कार्यसम्पादन मूल्यांकन लागू गराएर पहिलो चौमासिकदेखि नै प्रभावकारी कार्यान्वयनमा जोड दिने बताए । उनले बजेट कार्यान्वयनमा सुरुदेखि नै आवधिक योजना नबनाउँदा पनि समस्या भएको तर अब त्यो समस्या नआउने दाबी गरे । 

थालिएका योजना पूरा गर्न पुराना कार्यक्रमलाई नै निरन्तरता दिएको उनको भनाइ छ । उनले भने ‘मन्त्री फेरिनेबित्तिकै सुरु भएका योजना अलपत्र पारेर नयाँ योजना हाल्दा विकास अलपत्र पर्छ, यसैले बजेटको पूर्ण उपयोगका लागि पुराना योजनालाई निरन्तरता दिइएको हो ।’