१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

भक्तपुर उद्योग वाणिज्य संघको सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२३:oo

भक्तपुर उद्योग वाणिज्य संघले भक्तपुरका चाँगुनारायण नगरपालिका र सूर्यविनायक नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । संघका अध्यक्ष प्रदीप श्रेष्ठले संघको तर्फबाट दुवै नगरपालिकालाई २–२ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेका हुन् । दुई अलग कार्यक्रममा चाँगुनारायण नगरपालिकाका मेयर सोमप्रसाद मिश्र तथा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापालाई कन्सन्ट्रेटर हस्तान्तरण गरिएको थियो । 

अक्सिजन कन्सन्ट्रेटरहरू नगरपालिकाले सञ्चालन गरेको आइसोलेसन केन्द्रमा उपचारार्थ भर्ना भएका बिरामीहरूलाई आकस्मिक रूपमा अक्सिजन आवश्यक परेको खण्डमा सहज ढंगबाट तत्काल अक्सिजन उपलब्ध गराउन उपयोगी हुने जनाइएको छ । कोभिड–१९ को महमारीले ल्याएको संकटसित जुध्न भक्तपुर उद्योग वाणिज्य संघको सहयोगले मद्दत र राहत मिलेको कुरा दुवै नगरपालिकाका मेयरहरूले बताए ।

संघका अध्यक्ष श्रेष्ठले महामारीको समयमा यहाँका नगरवासीहरूको जीवनरक्षाका लागि तथा कोभिड–१९ को प्रकोप नियन्त्रण गर्न नगरपलिकाहरूले खेलेको भूमिका तथा आइसोलेसन केन्द्रको समयमै प्रभावकारी सञ्चालनको उनले प्रशंसा गरेका थिए । भक्तपुर उद्योग वाणिज्य संघले आगामी दिनहरूमा पनि स्थानीय नगरपालिकाहरूलाई यसरी नै सक्दो सहयोग गर्दै जाने उनको भनाइ थियो । 

ad
ad