१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका वीरेन्द्रनगर
२०७८ जेठ २४ सोमबार १६:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमालेद्वारा कर्णाली प्रदेश सभा बैठक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, वीरेन्द्रनगर
२०७८ जेठ २४ सोमबार १६:३५:००

कर्णाली प्रदेश सभाको वर्षे अधिवेशनको पहिलो बैठक एमाले सांसदहरूले अवरुद्ध गरेका छन् । भौतिक पूर्वाधारमन्त्री अम्मर थापाको राजीनामा माग्दै एमाले सांसदले प्रदेश सभाको बैठक अवरुद्ध गरेका हुन् । 

एमाले संसदीय दलका नेता यामलाल कँडेलले नैतिक पतन भएको अभियोग पुष्टि भइसकेका थापा मन्त्रीबाट नहटेसम्म सदन चल्न नसक्ने बताए । ‘कुनै पनि व्यक्तिले राजनीतिक निर्णय लिन पाइन्छ, अपराध गर्न पाइँदैन । नैतिक पतन भएको व्यक्ति मन्त्री भएको राम्रो होइन । जबसम्म यो स्थिति रहिरहन्छ तबसम्म अधिवेशन चल्न सक्दैन ।’ 

उनले भने, ‘सरकार अधिवेशन चलाउन चाहन्छ भने त्यस्ता व्यक्तिलाई हटाउनुस् । बजेट, नीति तथा कार्यक्रम ल्याउनुहोस् । त्यसमा हामी सकारात्मक छौँ । रचनात्मक सहयोग गर्न तयार छौँ ।’ एमालेले सदन अवरुद्ध गरेपछि सभामुख राजबहादुर शाहीले आधा घन्टाका लागि सदन स्थगित गरेका छन् ।