मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७८ जेठ १९ बुधबार १८:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आक्रमण र दुर्व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै विराटनगरमा चिकित्सक र स्वास्थ्यकर्मीको प्रदर्शन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७८ जेठ १९ बुधबार १८:४५:००

महामारीमा कार्यक्षेत्रमा खटिँदा भइरहेको आक्रमण र दुर्व्यवहार गर्नेहरूलाई कानुनी कारबाही माग गर्दै विराटनगरमा चिकित्सक र स्वास्थ्यकर्मीहरूले बुधबार विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । आफ्नो र परिवारको ज्यान जोखिममा राखेर उपचारमा खटिँदै आए पनि कतै बिरामीका आफन्त र कतै प्रहरीबाट आक्रमण र दुर्व्यवहार भोग्नुपरेको भन्दै बुधबार विराटनगरस्थित कोसी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका हुन् । 

नेपाल चिकित्सक संघ कोसीको नेतृत्वमा बुधबार दिउँसो कोसी अस्पताल परिसरमा चिकित्सक र स्वास्थ्यकर्मीहरूले आक्रमण र दुर्व्यवहारको विरोधमा सांकेतिक रूपमा एक घन्टा प्लेकार्डसहित विरोध प्रदर्शन गरे । कार्यक्षेत्रमा चिकित्सक र स्वास्थ्यकर्मीलाई आक्रमण र दुर्व्यवहार गर्नेविरुद्ध कारबाही गर्न अध्यादेशमार्फत भए पनि तुरुन्त कानुन बनाइनुपर्ने चिकित्सक संघ कोसीका अध्यक्ष डा. फरवार्ड सिलवालले बताए । 

दुई हप्ताअघि मोरङको बुढीगंगा गाउँपालिका– २ स्थित विराट मेडिकल कलेजका चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि कार्यक्षेत्रमा कुटपिट भएको भन्दै उनले कारबाहीको माग गरे । नेपालगन्जमा पनि कार्यक्षेत्रमा खटिएका चिकित्सक स्वास्थ्यकर्मीमाथि बिरामीका आफन्तले कुटपिट गरेको भन्दै उनले दोषीलाई कारबाहीको माग गरे ।