Skip This
खाँडादेवी प्रगतिशील युवा समाजद्वारा अक्सिजन कन्सन्ट्रेटरसहित मेडिकल सामग्री सहयोग
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार १५:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

खाँडादेवी प्रगतिशील युवा समाजद्वारा अक्सिजन कन्सन्ट्रेटरसहित मेडिकल सामग्री सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १५:३१:oo

कोरोना संक्रमण बढिरहेको वेला रामेछापको खाँडादेवी प्रगतिशील युवा समाजले पकरबास स्वास्थ्यचौकीलाई अक्सिजनसहित मेडिकल सामग्री सहयोग गरेको छ । प्रगतिशील युवा समाजको अगुवाइमा खाँडादेवी प्रगतिशील विपत् कोषबाट कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि खाँडादेवी– ५ स्थित पकरबास स्वास्थ्यचौकीलाई मेडिकल सामग्री सहयोग गरिएको हो ।

अक्सिजन कन्सन्ट्रेटर दुई थान, इलेक्ट्रोनिक औजार सफा गर्ने अटोकेल्भ एक थान, स्यानिटाइजरसहितका सामग्री सहयोग गरिएको समाजका अध्यक्ष राकेश श्रेष्ठले जानकारी दिए । सबैको सहयोगमा स्वास्थ्य सामग्री वितरण गर्न सम्भव भएको उनले बताए । 

खाँडादेवी गाउँपालिकाकी उपाध्यक्ष मखमली श्रेष्ठले स्वास्थ्य सामग्री सहयोग गरेकोमा समाजलाई धन्यवाद दिइन् । सामूहिक प्रयासबाटै महामारीलाई परास्त गर्न सकिने उनले बताइन् । ‘अब अक्सिजनविना अकालमा ज्यान जाँदैन,’ उनले भनिन्, ‘गाउँपालिकाले उपचारका लागि आवश्यक प्रबन्ध मिलाएको छ । सहयोग आउने क्रम पनि जारी रहेको छ ।’
 

ad
ad