१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ १३ बिहीबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ जेठ १३ बिहीबार १o:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिड प्रभावित पत्रकारका लागि युनियनले बनायो दश लाख रुपैयाँको राहत कोष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ जेठ १३ बिहीबार १o:४१:oo

नेपाल प्रेस युनियनले कोभिड– १९ बाट प्रभावित पत्रकारहरूका लागि दश लाख रुपैयाँको राहत कोष स्थापना गरेको छ ।

युनियनले आफ्नो ३१औँ स्थापना दिवसको सन्दर्भमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फत युनियनका अध्यक्ष बद्री सिग्देलले दश लाख रुपैयाँको राहत कोष स्थापना गर्ने घोषणा गरेका हुन् ।

‘कोभिडबाट धेरैजना साथीहरू संक्रमित हुनुभएको छ, धेरै पत्रकार साथीहरू विस्थापित हुनुपर्ने अवस्था सिर्जना भइरहेको छ, म सरकारलाई पत्रकारहरूको स्वास्थ्य, सुरक्षा र उपचारका लागि विशेष कार्यक्रम ल्याउन माग गर्दछु,’ युनियनका अध्यक्ष सिग्देलले भने, ‘हामीले कांग्रेसका विभिन्न भ्रातृ संघसंस्थाहरूको सहयोगमा दश लाख रुपैयाँको राहत कोष स्थापना गरेका छौँ ।’

कोषमा नेपाल प्रेस युनियन केन्द्रीय समितिले एक लाख रुपैयाँ जम्मा गरेको अध्यक्ष सिग्देलले जानकारी दिए ।

कांग्रेसको शुभेच्छुक संस्थाको रूपमा रहेको नेपाल प्रेस युनियनको स्थापना ०४८ साल जेठ १३ गते भएको थियो ।