मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ १२ बुधबार ०६:४८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिटिजन्स बैंकले सिर्जना फाइनान्स प्राप्ति गर्ने  अन्तिम सम्झौतापत्रमा हस्ताक्षर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ १२ बुधबार ०६:४८:००

सिटिजन्स बैंक इन्टरनेसनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।  बैंकका तर्फबाट सञ्चालक तथा मर्जर–प्राप्ति समितिका संयोजक प्रबलजंग पाण्डे र सिर्जना फाइनान्सका तर्फबाट सञ्चालक तथा मर्जर–प्राप्ति समितिका संयोजक सुवास आचार्यले सम्झौतापत्रमा मंगलबार हस्ताक्षर गरेका हुन् ।  दुवै बैंकले गत २८ माघमा प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए ।

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात् सिर्जना फाइनान्सलाई प्राप्ति गरी यसै आर्थिक वर्षभित्र संयुक्त कारोबार गर्ने तयारी भइरहेको छ । ९ जेठ ०७८ सम्मको तथ्यांकका आधारमा प्राप्तिपछि निक्षेप करिब १ खर्ब ३७ अर्ब रुपैयाँ हुनेछ भने सर्वसाधारणलाई ऋण लगानी करिब १ खर्ब २१ अर्ब रुपैयाँ हुनेछ । 

प्राप्तिपश्चात् बैंकको कुल शाखा १ सय ८९ हुनेछ । प्राप्तिपछि बैंकको ग्राहक संख्या करिब १२ लाख पुग्नेछ । सहमतिअनुसार सिर्जना फाइनान्सका सेयरधनीले सय कित्ता सेयरबराबर सिटिजन्स बैंकको ९५ कित्ता सेयर पाउनेछन् । सिटिजन्स बैंकको हालको चुक्ता पुँजी ११ अर्ब ६६ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्ता पुँजी १२ अर्ब ५८ करोड रुपैयाँ हुनेछ ।