१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
फाइल तस्बिर
२o८१ बैशाख ३१ सोमबार १७:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

रणनीति बनाउँदै विपक्षी गठबन्धन : आगामी कार्यदिशाबारे शीर्ष तहमा छलफल, कांग्रेसले बोलायो शीर्ष नेताको बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:१o:oo

विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटन तथा प्रधानमन्त्री र राष्ट्रपतिको असंवैधानिक कदमको प्रतिरोधका लागि भावी रणनीतिबारे छलफल थालेको छ । गठबन्धनले सोमबार प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन गरेपछि अबको कार्यदिशा र रणनीतिबारे शीर्ष नेताहरूबीच छलफल भएको छ । 

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको बैठकमा कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो । 

बैठकमा गठबन्धनको आगामी कार्यदिशाबारे छलफल भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए । ‘हामीले बहुमत सांसदहरूको हस्ताक्षरसहित रिट निवेदन दिएका छौँ, अब सम्भवतः अदालतमा मुद्धाको बहस पनि सुरु होला । त्यसका लागि पनि तयारी गर्नुपर्ने हुन्छ । यिनै विषयमा अब हामी कसरी अगाडि बढ्ने भनेर छलफल भएको हो,’ लेखकले भने । 

सभापति देउवाले गठबन्धन र पार्टीको भावी रणनीतिका विषयमा बुधबार पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । समसामयिक राजनीतिक विषयमा छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । देउवाले आज गठबन्धनका नेताहरूसँग छलफल गरेपछि लगत्तै पार्टीका नेताहरूसँग छलफल गर्न लागेका छन् । 

बैठकमा समसामयिक राजनीतिक विषयहरू, कोरोना महामारी र पार्टीको १४औँ महाधिवेशनको तयारीका सन्दर्भमा छलफल हुने सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए । राष्ट्रपति र प्रधानमन्त्रीका असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध पाँच दलले गठबन्धन नै गरेर कानुनी र राजनीतिक लडाइँ गर्ने घोषणा गरेका छन् ।
 

ad
ad