मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ९ आइतबार
  • Thursday, 19 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ ९ आइतबार १९:३२:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिडको त्रास कम गरी आशावादी र अन्तर्क्रियात्मक बनाउन भर्चुअल मेला

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ ९ आइतबार १९:३२:oo

कोभिड– १९ को त्रास कम गरी विद्यार्थीलाई आशावादी र अन्तर्क्रियात्मक बनाउने उद्देश्यले भर्चुअल मेला २०२१ सञ्चालन भइरहेको छ । विद्यार्थीलाई महामारीको त्रासबाट टाढा राख्न कार्यशाला र गतिविधिहरूमा संलग्न गराउने, गहिरो छलफल गर्न प्रोत्साहित गर्न, व्यक्तिगत तथा व्यावसायिक जीवनको विभिन्न पक्षहरूमा सान्दर्भिक विचारहरू प्रस्तुत गर्न र सीप विकासका अवसर प्रदान गर्न भर्चुअल मेला सञ्चालन भइरहेको छ । 

युनिभर्सल र न्यु समिट कलेजको आयोजनामा सञ्चालन भएको मेलामा अन्तर्क्रिया, वित्तीय साक्षरता कार्यक्रम, महामारीको समयका अग्रपंतिका नायकलाई सम्मान, सेयर बजार प्रशिक्षण, एक्सेल प्रशिक्षण, प्रस्तुति प्रतियोगिता, सार्वजनिक मन्तव्य, प्रत्यक्ष संगीत र आइडिया पिचिङ प्रतियोगिता समावेश छ । मेलाबाट आशावादी बनाउने र कोभिड– १९ सम्बन्धित जानकारी प्रवाहित गर्ने उद्देश्य छ । समाजमा प्रतिष्ठित व्यक्ति तथा कोभिड– १९ को अग्रपंतिमा खटिएका व्यक्तिबाट हरेक दिन ज्ञान र अनुभव बाँडेका छन् । 

भर्चुअल प्लेटफर्मको माध्यमबाट देशभरका करिब १० हजार दर्शक एकै ठाउँमा ल्याउने लक्ष्य राखेको छ । विशेषगरी स्नातक तथा स्नातकोत्तरसम्मको विद्यार्थी उपस्थित हुन सक्नेछन् । 
युवाहरूलाई अन्तर्क्रिया गर्न सक्ने आदर्श प्लेटफर्मको रूपमा लिन सकिने र विद्यार्थी सामेल हुन, अन्तर्क्रिया गर्न र २१औँं शताब्दीका सीपहरू सिक्न सक्ने आयोजकको भनाइ छ ।

युनिभर्सल तथा न्यु समिट कलेजका प्राचार्य डा. शिवदत्त ज्ञवालीले भर्चुअल माध्यमबाट विद्यार्थीलाई लिखित परीक्षाका लागि नभई व्यावहारिक परीक्षाका लागि चौतर्फी विकाससहित सीपले भरिपूर्ण सक्षम व्यक्ति बनाउने बताए । कलेजका शैक्षिक निर्देशक राजु टण्डनले विद्यार्थीले पाठ्यक्रमभित्रको कुराले मात्र सीप विकास गर्न नसक्ने भएकाले विद्यार्थीले फरक ज्ञान र सीप पाएमा अन्य आवश्यक वेलामा मद्दत पुग्ने बताए । 

गत ७ जेठदेखि सुरु भएको भर्चुअल मेला २१ जेठसम्म सञ्चालन हुनेछ । एमएस टिम्स तथा कलेजको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ ।