१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १८:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपतिलाई यथाशीघ्र कानुनी कठघरामा उभ्याउन युवा संघ संगठनको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १८:१५:oo

विभिन्न युवा संघसंगठनले राष्ट्रपति विद्यादेवी भण्डारीले पटक–पटक संविधानको हत्या गरेको भन्दै यथाशीघ्र कानुनी कठघरामा उभ्याउन माग गरेका छन् । उनीहरूले अक्षम्य अपराधमा संलग्न राष्ट्रपति भण्डारी तथा प्रधानमन्त्री केपी ओलीलाई पदमुक्त भइसकेपश्चात् कारबाही गर्ने वातावरण राजनीतिक तथा संवैधानिक हिसाबले समेत निर्माण गर्न अपिल गरेका छन् । 

नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, बाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघका अध्यक्ष नरेश शाही, समाजवादी युवा संघका अध्यक्ष योगेन्द्र राय यादव, अखिल नेपाल युवक संघका अध्यक्ष अलिनकिशोर घिमिरे र विवेकशील साझा युवा संगठनका अध्यक्ष अब्दुस मियाँले शनिबार संयुक्त विज्ञप्ति निकालेर ओलीले चाल्ने हरेक गैरसंवैधानिक र राष्ट्रघाती कदमको डटेर सामना गर्न आमनेपाली युवालाई आह्वान गरिएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘युवाहरूले इतिहासको कालखण्डमा हरेक तानशाहहरूलाई घुँडा टेकाएका छन्, युवाहरूको संयुक्त संघर्षमार्फत हरेक मोर्चामा ओलीलाई परास्त गर्दै देशलाई पुनः संवैधानिक व्यवस्था र राजनीतिक स्थायित्वको अवस्थामा पु¥याउन हामीहरू सक्षम हुनेछौँ भन्ने सुनिश्चितता हामी आमजनसमुदायलाई व्यक्त गर्न चाहन्छौँ ।’ 

 

 

ad
ad