![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/death2021-05-22-11-53-43.gif)
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि मोरङको बुढीगंगा गाउँपालिका २ स्थित विराट मेडिकल कलेजमा उपचार गराइरहेका अध्यक्ष परासरको शनिबार बिहान मृत्यु भएको हो ।
कोरोना संक्रमणले गर्दा उनकी श्रीमती पनि अस्पतालमा उपचार गराइहेकी छिन् । यस्तै भन्सारका अर्का एक एजेन्ट पनि संक्रमणबाट सिकिस्त भएपछि अस्पतालम भर्ना भएर उपचार गराइरहेका छन् ।
एजेन्ट संघका अनुसार दोस्रो चरणमा विराटनगर भन्सारका आधा दर्जन कोरोना एजेन्ट संक्रमित भइसकेका छन् ।