१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ५ बुधबार
  • Wednesday, 26 June, 2024
हदिश खुद्दार जनकपुरधाम
२o७८ जेठ ५ बुधबार २o:४८:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

वरिष्ठ पत्रकार घिमिरेको निधन

Read Time : < 1 मिनेट
हदिश खुद्दार, जनकपुरधाम
नयाँ पत्रिका
२o७८ जेठ ५ बुधबार २o:४८:oo

धनुषाका वरिष्ठ पत्रकार दिलीप घिमिरेको निधन भएको छ । केही महिनादेखि क्यान्सरबाट पीडित ६३ वर्षीय घिमिरेको काठमाडौंमा उपचारको क्रममा बुधबार निधन भएको हो । 

महोत्तरीको हतिसर्वामा जन्मेका घिमिरेले ०३२ देखि जनकपुरधामबाट पत्रकारिता सुरु गरेका थिए । ०३८ देखि आफ्नै प्रकाशन÷सम्पादनमा ‘हिमज्योति साप्ताहिक’ प्रकाशन थालेका थिए । 

०३५ मा पञ्चायती व्यवस्थाको विरोधमा मातृभूमि साप्ताहिकमा समाचार लेखेकै कारण उनलाई प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो ।  ०४६ को जनआन्दोलनमा घिमिरे महेन्द्रनारायण निधि, लीला कोइरालासँगै थुनामा परेका थिए । प्रजातन्त्रका लागि योगदान गरेको भन्दै कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले घिमिरेलाई सम्मान गरेको थियो ।
 

ad
ad
ad
ad