Skip This
कर्णाली प्रदेश अस्पतालले भन्यो– अक्सिजन छैन, कोरोनाका बिरामी भर्ना लिँदैनौँ
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ १ शनिबार
  • Wednesday, 17 September, 2025
रमेश रावल वीरेन्द्रनगर
२o७८ जेठ १ शनिबार १o:५४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णाली प्रदेश अस्पतालले भन्यो– अक्सिजन छैन, कोरोनाका बिरामी भर्ना लिँदैनौँ

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७८ जेठ १ शनिबार १o:५४:oo

कर्णाली प्रदेश अस्पताल सुर्खेतले कोरोना बिरामी भर्ना नलिने बताएको छ । अक्सिजनको अभाव भएको भन्दै कर्णाली प्रदेश अस्पतालले कारोनाका नयाँ बिरामी भर्ना नलिने बताएको हो । शुक्रबार बेलुका कर्णाली प्रदेश अस्पतालले एउटा सूचना निकालेर अक्सिजनको अभाव भएको भन्दै कोरोनाका नयाँ बिरामी भर्ना नलिने बताएको छ । 

नेपालगन्जबाट अक्सिजनको आपूर्ति हुने भएको नेपालगन्जबाट अक्सिजन आउन छाडेका कारणले कोरोनाका नयाँ बिरामी अस्पतालले भर्ना नलिने कर्णाली प्रदेश अस्पतालका प्रमुख डा. डम्बर खड्काले बताए । ‘कर्णाली प्रदेश अस्पतालमा नेपालगन्जबाट अक्सिजन आउने गरेको थियो’, उनले भने, ‘अक्सिजन अभाव भएका कारणले नयाँ कोरोनाका बिरामी भर्ना लिन सक्ने अवस्थामा छैनौँ ।’

प्रदेश अस्पताल अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालनमा भए पनि यहाँ रहेको कोरोना संक्रमित बिरामीलाई हाइफ्लो अक्सिजन दिनुपर्ने बिरामी भएका कारणले अक्सिजन सिलिन्डर आवश्यक रहेको डा. प्रमुख खड्काले जानकारी दिए । ‘अक्सिजन प्लान्ट सञ्चालनमा भए पनि हाइफ्लो अक्सिजन दिन सक्दैन ।’ उनले भने, ‘नेपालगन्जमा अक्सिजन आउन छाडेको छ ।’

कर्णाली प्रदेश अस्पतालमा दैनिक १५० देखि २०० सिलिन्डर अक्सिजन आवश्यक पर्छ, तर हाल नेपालगन्जमा ५० सिलिन्डर अक्सिजन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।