१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ३१ शुक्रबार ०६:२८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नेपाल बंगलादेश बैंकद्वारा सरकारलाई सहयोग  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ३१ शुक्रबार ०६:२८:००

नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो विदेशी संस्थापक बंगलादेशका आइएफआइसी बैंकसँग मिलेर सरकारलाई ५ हजार भायल रेम्डेसिभिर औषधि सहयोग प्रदान गरेको छ । बैंकले नेपालमा बढ्दो कोभिड–१९ को संक्रमण र यसबाट हुन सक्ने मृत्युबाट नेपाली जनतालाई जोगाउने प्रयासमा हातेमालो गर्दै सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त औषधि सरकारलाई प्रदान गरेको हो । 

बंगलादेशका लागि नेपालका राजदूत वंशीधर मिश्रलाई ढाकास्थित नेपाली दूतावासमा नेपाल बंगलादेश बैंकको संस्थापक आइएफआइसी बैंकको सहयोगमा २८ वैशाखमा हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

यसका साथै बंगलादेश सरकारले पनि थप ५ हजार भायल रेम्डेसिभिर औषधि सहयोगस्वरूप प्रदान गरिएको र उक्त औषधि बंगलादेशबाट नेपाल आइसकेको बैंकले जनाएको छ ।

यसअघि पनि बैंकले आफ्नो विदेशी संस्थापक बंगलादेशको आइएफआइसी बैंक र त्यहीँको बेक्सिमको फर्मास्युटिकल कम्पनीसँग मिलेर ५ हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको जनाइएको छ ।  हाल बैंकले ९९ शाखा, ८ एक्सटेन्सन काउन्टर, तथा ८२ एटिएममार्फत बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।