मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख २७ सोमबार
  • Wednesday, 09 July, 2025
२o७८ बैशाख २७ सोमबार o८:o९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

खाद्यान्नको हवाई ढुवानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख २७ सोमबार o८:o९:oo

कोरोना भाइरसको संक्रमण जोखिमबाट जोगिन हुम्लामा भइरहेको निषेधाज्ञामा निजी एयरलाइन्सहरूले दैनिक अत्यावश्यक वस्तु ढुवानी गर्दै आएका छन् । नेपालगन्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी सुरु भएपछि दैनिक २३ उडानसम्म हुन थालेको सिमिकोट नागरिक उड्डयन प्राधिकरण हुम्लाले जनाएको छ ।

यात्रु बोक्ने निजी एयरलाइन्स सीता, तारा, समिट एयरलाइन्सहरूले धामधाम खाद्यान्न ढुवानी गर्न थालेका हुन् । हुम्लामा २८ वैशाखसम्म निषेधाज्ञा जारी छ । हाल जिल्लामा २५ सय क्विन्टल खाद्यान्न गोदाममा मौज्दात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्ला शाखाका नायब सुब्बा भरत अधिकरीले बताए ।

निषेधाज्ञामा पनि पिपिई सेट लगाएर भए पनि खाद्यान्नको ढुवानी भएको नायब सुब्बा अधिकारीको भनाइ छ । तारा एयरलाइन्सले निजी व्यापारी सामान ढुवानी गरेको छ ।