Skip This
नेपालमा कोरोना संक्रमणबाट थप ५३ को मृत्यु, आठ हजार ४१८ संक्रमित थपिए, तीन हजार ३७० संक्रमणमुक्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १८:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट थप ५३ को मृत्यु, आठ हजार ४१८ संक्रमित थपिए, तीन हजार ३७० संक्रमणमुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:१६:oo

नेपालमा कोरोना संक्रमणबाट एकै दिन ५३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन हजार ६ सय ३२ पुगेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा आठ हजार चार सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१७ हजार तीन सय १५ जनाको पिसिआर परीक्षण गर्दा आठ हजार दुई सय ८७ जना र नौ सय ८९ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ३१ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

योसँगै देशभर संक्रमितको संख्या तीन लाख ८५ हजार आठ सय ९० पुगेको छ । सक्रिय संक्रमित ८३ हजार चार ९३ छन् । 

पछिल्लो २४ घन्टामा तीन हजार सात सय ७० जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ९८ हजार सात ६५ पुगेको छ ।

ad
ad