१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २५ शनिबार
  • Wednesday, 09 July, 2025
२o७८ बैशाख २५ शनिबार १४:३५:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भेन्टिलेटर अभावमा महोत्तरीमा एक कोरोना संक्रमितको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख २५ शनिबार १४:३५:oo

विश्वव्यापी रूपमा फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरस कोभिड–१९ को संक्रमण भएका एकजनाको भेन्टिलेटर अभावमा मृत्यु भएको छ । जलेश्वर अस्पतालमा भेन्टिलेटर भएर पनि जनशक्ति नभएपछि जनकपुरस्थित भेन्टिलेटर भएको अस्पताल जानकी हेल्थ केयर पुग्दा भेन्टिलेटरमा राख्न नपाउदै मृत्यु भएको हो ।

अर्का २२ वर्षीय पुरुषको कोरोना पाेजेटिभ भएर जानकी हेल्थ केयरमै उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको छ ।  योसँगै महोत्तरीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या नाै  पुगेकोछ । 

विगत दुई–तीन दिनदेखि जलेश्वर अस्पतालमै अक्सिजनसहित उपचार लिइरहेका ४२ वर्षीय पुरुषलाई शुक्रबार राति चिकित्सकले तत्काल भेन्टिलेटरमा राख्नुपर्ने बताएपछि मृतकका परिवार भेन्टिलेटरकै लागि मध्यरात जनकपुरस्थित जानकी हेल्थ केयर पुर्‍याएका थिए ।  तर, जानकी हेल्थ केयरमा भेन्टिलेटरमा राख्न नपाउँदै उनको मृत्यु भएको परिवारले जनाएको छ ।

जलेश्वर अस्पतालमै पाँच थान भेन्टिलेटर भए पनि जनशक्ति अभावमा विगत एक वर्षदेखि भेन्टिलेटर सञ्चालनमा आउन सकेको छैन । जलेश्वर अस्पतालमै भेन्टिलेटर भए पनि आफूहरूले सोही भेन्टिलेटरमा राखिदिन आग्रह गर्दा पनि अस्पतालले जनशक्ति नभएको भन्दै अन्यत्र नै लिएर जानुस् भनेपछि आफूहरू जनकपुर गएको, तर ढिलो भएकाले बचाउन नसकेको परिवारले गुनासो गरे । 

दुवै मृतकलाई शनिबार नेपाली सेनाको शव व्यवस्थापन टोलीको प्रत्यक्ष रोहवरमा सम्बन्धित गाउँमै लगेर सदगत गरिएको छ । यता जलेश्वर अस्पतालका अध्यक्ष सुरेश पाण्डेयले भेन्टिलेटर सुचारु गर्न बारम्बार प्रदेशसँग जनशक्ति माग गरेको, तर हालसम्म पनि जनशक्ति उपलब्ध हुन नसकेको बताए ।  

महोत्तरीमा शुक्रवारसम्म कोरोना संक्रमितहरूको संख्या चार सय ८८ पुगेको छ भने १० जना निको भएका छन् ।