मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख २४ शुक्रबार
  • Saturday, 12 July, 2025
रामकुमार श्रेष्ठ नवलपरासी
२o७८ बैशाख २४ शुक्रबार १५:३३:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

नवलपुरमा थप दुई कोरोना संक्रमितको निधन

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ नवलपरासी
नयाँ पत्रिका नवलपरासी
२o७८ बैशाख २४ शुक्रबार १५:३३:oo

पूर्वी नवलपरासीमा थप दुईजना कोरोना संक्रमितको निधन भएको छ । योसहित दोस्रो लहरको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या नवलपुरमा नाै पुगेको छ ।

कावासोती– २ का ६३ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा र मध्यबिन्दु नगरपालिका– १२ का ७० वर्षीय पुरुषको भरतपुर अस्पतालमा गएराति निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।