मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख २३ बिहीबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख २३ बिहीबार १८:o५:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

२४ घन्टामा  ९,०७० संक्रमित थपिए, ५४ को मृत्यु, २७०७ निको भए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख २३ बिहीबार १८:o५:oo

पछिल्लो २४ घन्टामा देशभर नौ हजार ७० कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार यो संख्या एकै दिन संक्रमित देखिएको अहिलेसम्मकै धेरै हो । यस अवधिमा ५४ जनाको मृत्यु भएको छ । 

मन्त्रालयका अनुसार २० हजार तीन सय ६७ जनाको पिसिआर परीक्षण गर्दा आठ हजार नौ सय ७० र सात सय ७५ एन्टिजेन परीक्षणमा सयजनामा संक्रमित देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै तीन हजार नौ सय ६७ जनामा संक्रमण देखिएको छ । 

सरकारले घोषणा गरेको अतिप्रभावित २२ जिल्लामध्ये काठमाडौंमा तीन हजार एक सय ६१, रुपन्देहीमा एक हजार ६९, ललितपुरमा पाँच सय ६४, कास्कीमा तीन सय ७५, बाँकेमा तीन सय नौ, मोरङमा दुई सय ५५, दाङमा दुई सय ४६, भक्तपुरमा दुई सय ४२ र सुर्खेतमा दुई सय ६ संक्रमित देखिएका छन् । 

त्यस्तै, झापामा एक सय ५३, सुनसरीमा एक सय ३३, धनुषामा एक सय ४०, मकवानपुरमा एक सय २६, कैलालीमा एक सय १५, पर्सामा एक सय चार, चितवनमा ८६, काभ्रेमा ५२, कपिलवस्तुमा ५०, बारामा ४३, बर्दियामा ४२, कञ्चनपुरमा २२ र पाल्पामा ६ जना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ । 

मन्त्रालयका अनुसार अहिले देशभर ७२ हजार पाँच सय ६१ (१९.६९%) जना सक्रिय संक्रमित छन् । अहिलेसम्म संक्रमितको संख्या तीन लाख ६८ हजार पाँच सय ८० पुगेका छन् । तीमध्ये तीन हजार पाँच सय २९ (०.९६%) को मृत्यु भएको छ ।

दुई लाख ९२ हजार चार सय ९० जना (७९.३६%) निको भएका छन् । काठमाडौंमा २४ हजार पाँच सय ३३, ललितपुरमा दुई हजार नौ सय ४५ र भक्तपुरमा चार हजार नौ सय ७४ सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।