मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७८ बैशाख २१ मंगलबार १०:३६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

सल्यानमा दुई र धरानमा एक संक्रमितको मृत्यु 

Read Time : < 1 मिनेट
२०७८ बैशाख २१ मंगलबार १०:३६:००

कोरोना संक्रमणबाट सल्यानमा दुई र धरानमा एक संक्रमितकाे मृत्यु भएको छ । सल्यान अस्पतालमा उपचाररत बागचौर नगरपालिकानिवासी ७० वर्षीय एक पुरुषको मंगलबार बिहान मृत्यु भएको छ ।

अस्पतालले मृतकलाई अक्सिजन दिएर उपचार गरे पनि उपचारकै क्रममा संक्रमितको ज्यान गएको अस्पतालले जनाएको छ । यस्तै, अक्सिजनको मात्रा कम भएपछि उपचारका लागि सोमबार सल्यान अस्पताल पुगेका सिद्धकुमाख गाउँपालिका निवासी ३५ वर्षीय पुरुषको अवस्था गम्भीर भएपछि प्रदेश अस्पताल पठाइएकोमा सोमबार राति नै ती पुरुषको पनि  ज्यान गएको छ । 

त्यस्तै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारार्थ भर्ना भएका सप्तरीका एक संक्रमितको मंगलबार मृत्यु भएको छ । सप्तकोसी नगरपालिकस्थित श्री राष्ट्रिय माविमा कार्यरत कार्यरत शिक्षकको मृत्यु भएको हो ।

उनलाई यही १३ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उच्च रक्तचापका बिरामी उनको बिहान ५:१५ बजे मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिए ।