१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २१ मंगलबार ०९:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

संक्रमणको ग्राफ बढेको बढ्यै, एकै दिन ७,४४८ जनामा कोरोना पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २१ मंगलबार ०९:०४:००

सोमबार (२४ घन्टामा) सात हजार चार सय ४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार पिसिआर र एन्टिजेन गरी १७ हजार एक सय ७६ जनाको परीक्षण गर्दा सात हजार चार सय ४८ जना नयाँ संक्रमित भेटिएका हुन् । 

सोमबार १६ हजार ६ सय ५८ पिसिआर परीक्षण गर्दा सात हजार तीन सय ८८ जनामा कोरोना संक्रमण देखिएको थियो भने पाँच सय १८ जनामा एन्टिजेन गर्दा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार कोरोनाबाट ३७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार तीन सय ६२ पुगेको छ । 

यसअघि शुक्रबार स्वास्थ्य मन्त्रालयले ‘स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने’ भएको जनाएको थियो । नयाँ भेरियन्टसँगै आएको दोस्रो लहरले कोरोना महामारी भयावह बन्दै गएको छ । 

संक्रमितको पछिल्लो तथ्यांकसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख ४३ हजार चार सय १८ पुगेको छ । मंगलबार दुई हजार २१ जना निको भएसँगै निको हुनेको संख्या २८ लाख ६० हजार १५ पुगेको छ । हालसम्म पिसिआर परीक्षण २५ लाख २१ हजार एक सय ६४ पुगेको छ । आइसोलेसनमा ५४ हजार ४१ र क्वारेन्टिनमा दुई सय १२ जना रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मोरङ, सुनसरी, झापा, पर्सा, धनुुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी संक्रमण बढिरहेको बताएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।