१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १८ शनिबार
  • Sunday, 06 July, 2025
२o७८ बैशाख १८ शनिबार १२:५१:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमित रोल्पाकी एक महिलाको जिल्ला अस्पताल सल्यानमा ज्यान गयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ बैशाख १८ शनिबार १२:५१:oo

सल्यान कोरोना संक्रमित रोल्पाकी एक महिलाको जिल्ला अस्पताल सल्यानमा ज्यान गएको छ । रोल्पाको गंगादेव गाउँपालिका ३ निवासी ४८ वर्षीया एक महिलाको शनिबार बिहान जिल्ला अस्पताल सल्यानमा ज्यान गएको हो । 

उनलाई शनिबार बिहान मात्रै जिल्ला अस्पताल सल्यान ल्याइएको थियो । तीन दिनदेखि बिरामी रहेकी महिलालाई बागचौरमा रहेको एक निजी पोलिक्लिनिकमा उपचार हुन नसकेपछि जिल्ला अस्पताल रिफर गरिएको थियो ।

अक्सिजन दिइरहेको भए पनि उनको शरीरमा अक्सिजनको मात्रा कम रहेको अस्पतालले जनाएको छ ।