१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख १८ शनिबार
  • Wednesday, 26 June, 2024
२o७८ बैशाख १८ शनिबार o८:२o:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
खेलकुद प्रिन्ट संस्करण

बार्सिलोनाले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

Read Time : > 1 मिनेट
नयाँ पत्रिका म्याड्रिड
२o७८ बैशाख १८ शनिबार o८:२o:oo

घरेलु मैदानमा अग्रता रक्षा गर्न नसक्दा बार्सिलोना ग्रानडासँग २–१ ले स्तब्ध, शीर्ष स्थानमा एट्लेटिको म्याड्रिडसँग बार्सिलोना दुई अंकले पछाडि 

बार्सिलोनाले स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा बिहीबार शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । एक गोलको अग्रता रक्षा गर्न नसक्दा बार्सिलोना ग्रानडासँग २–१ ले पराजित भएको छ । यससँगै बार्सिलोनाको उपाधि होडमा धक्का लागेको छ । बार्सिलोनाको हारले स्पेनिस ला लिगाको उपाधि होड रोमाञ्चकतर्फ बढेको छ । बार्सिलोनाले ३३ खेलबाट ७१ अंक जोडेको छ । यस अंकका साथ बार्सिलोना तेस्रो स्थानमा छ । समान खेलबाट साविक विजेता रियल म्याड्रिड दोस्रो स्थानमा छ । ३३ खेलबाट एट्लेटिको म्याड्रिडले ७३ अंक जोड्दै शीर्ष स्थान बलियो बनाएको छ ।

चौथो स्थानमा रहेको सेभिल्लाको पनि उपाधि जित्ने आशा यथावत् नै छ । सेभिल्लाले ३३ खेलबाट ७० अंक जोडेको छ । सेभिल्ला र एट्लेटिको म्याड्रिडबीच तीन अंकको दूरी छ । एट्लेटिकोले दोस्रो स्थानको रियल म्याड्रिड तथा तेस्रो स्थानमा रहेको बार्सिलोनासँग झिनो दुई अंकको अग्रता लिएको छ । नाउ क्याम्पमा बार्सिलोनालाई स्तब्ध पारेको ग्रानडा अंकतालिकाको आठौँ स्थानमा उक्लेको छ । ग्रानडाले ३३ खेलबाट ४५ अंक जोडेको छ । घरेलु मैदानमा बार्सिलोनाको हकमा केही राम्रो भएन । मुख्य प्रशिक्षक रोनाल्ड कोएम्यानले रातो कार्ड व्यहोर्दे मैदान छाडे । 

ग्रानडाले मध्यान्तरपछि गरेको दुवै गोलमा आपत्ति जनाउँदा उनले रातो कार्ड पाएका हुन् । फोर्थ अफिसियलविरुद्ध अभद्र व्यवहार गरेका कारण नै प्रशिक्षक कोएम्यानले रातो कार्ड पाएको जनाइएको छ । अब आइतबार भ्यालेन्सियाविरुद्धको खेलमा प्रशिक्षक कोएम्यान टर्च लाइनभन्दा बाहिर नै बस्नुपर्ने हुन्छ । खेलको २३औँ मिनेटमा कप्तान लियोनल मेसीले बार्सिलोनालाई १–० को अग्रता दिलाएका थिए । फ्रेन्च खेलाडी एन्टोनियो ग्रिजम्यानसँगको उत्कृष्ट तालमेलमा मेसीले अग्रता गोल गरेका हुन् । पहिलो हाफमा बार्सिलोना १–० ले अघि रह्यो । मेसीले चालू स्पेनिस लिगमा २६ र समग्रमा सिजनकै ३३औँ गोल संख्या पु¥याएका छन् । मध्यान्तरपछि ग्रानडाले उत्कृष्ट पुनरागमन गर्दा बार्सिलोनाको केही सीप लागेन र २–१ ले पराजित भयो । 

खेलको ६३औँ मिनेटमा ग्रानडाले १–१ को बराबरी गोल फर्काएको थियो । डार्विन माचिसले ग्रेनडालाई बराबरीमा पु¥याए । खेलको ७९औँ मिनेटमा जार्ग मोनिलाले २–१ को विजयी गोल ठोके । रातो कार्ड खाएका बार्सिलोनाका प्रशिक्षक कोएम्यानले अर्को खेलमा खासै फरक नपर्ने बताएका छन् । ‘मलाई लाग्दैन अर्को खेलमा टर्च लाइनमा म नहुँदा पनि फरक पर्छ भनी, विश्वास छ त्यो खेलमा बार्सिलोना नै विजयी हुनेछ,’ कोएम्यानले भने । 

अप्रत्यासित हारले बार्सिलोनाको उपाधि होडमा धक्का लागेको उनको भनाइ छ । भन्छन्, ‘यो ठूलो धक्का लागेको महसुस गरेको छु, हामी सबै नतिजाबाट दुःखी छौँ ।’ बार्सिलोना केही पछाडि परेको उनले विश्लेषण गरेका छन् । ‘शीर्ष स्थानको होडबाजीमा यस हारले केही पछाडि परेको जस्तो लागेको छ, हामीले अन्य क्लबलाई अगाडि बढ्ने मौका दियौँ,’ प्रशिक्षक कोएम्यानले भने । रियल म्याड्रिड रियल बेटिससँग गोलरहित बराबरी खेल्दा बार्सिलोनालाई अगाडि बढ्ने मौका थियो । यता एट्लेटिको म्याड्रिडले पनि एथलेटिक विल्बाओसँग अंक खोस्न असमर्थक हुँदा बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने धेरै मौका प्राप्त भएको थियो । यी सबै मौका बार्सिलोनाले गुमाएको प्रशिक्षक कोएम्यानले बताए । 

दुई वर्षअघि मात्र माथिल्लो डिभिजनमा बढुवा भएको ग्रानडाले यस सिजनमा उत्कृष्ट नतिजा निकाल्न सफल भइरहेको छ । यस सिजनमा ग्रानडा युरोपा लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । क्वार्टरफाइनलमा म्यानचेस्टर युनाइटेडसँग ग्रानडा पराजित भयो । ग्रानडाका प्रशिक्षक डिएगो मार्टिनेजले खेलाडीहरूको परिश्रमकै कारण जित सम्भव भएको प्रतिक्रिया दिएका छन् । ‘क्लबको इतिहासमा यो स्मरणीय हुनेछ,’ ग्रानडाका प्रशिक्षक मार्टिनेजले भने, ‘हामीले बार्सिलोनालाई उसैको घरेलु मैदानमा पराजित गछौँ भनी कल्पना पनि गरेका थिएनौँ ।’
 

ad
ad
ad
ad